काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा –  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधान धारा १६८ को उपधारा ५ अनुसार पोखरेललाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पूर्व  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय सीमा तोक्दै  दाबी पेस गर्न आग्रह गरेकी थिइन् । नेपालको  संविधान को अधिनमा रहि पोखरेलले हिजो साँझ नै ५ बजे विपक्षी गठवन्धनका ३१ जना सांसद सहित उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । कृष्णचन्द्र  पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र सहित अन्य साना दलहरुको साथ रहेकोे  थियोे ।
७० वर्ष पार गरेका पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी भएका थिए । उनले विपक्षी
गठबन्धनका उम्मेदवारलाई  ३ सय भन्दा बढी मतले
पराजित गरेका थिए । प्रदेश सभामा कांग्रेसका कुल १५ सांसद छन् ।
मुख्यमन्त्री पोखरेलले आजै सानो आकारको  मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने बुझिएको छ तर मन्त्रीहरु को को बन्ने  भन्ने खुलाइएको छैन ।

“कोरोनाको त्रास शहरमा भन्दा गाउँमा बढी, बालबालिकालाई जोखिम” – भरोसा खबर

तनहुँ सम्वाददाता, १८ श्रावण  - पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको दर केही बढदै गइरहेको बेला यसको त्रास गाउँमा बढिरहेको देखिन्छ । गाउँका मानिसहर....

“अजम्बरीको भीषण पहिरो हटाउन पालिकाको पहल, केहि दिनमा सेवा सहज हुने” – भरोसा खबर

तनहुँ सम्वाददाता, ११ श्रावण, ऋषिङ - ऋषिङ गाउँपालिकाको अजम्बरीमा गत असार २४ गते राति गएको भीषण पैरो पन्छाउन ऋषिङ गाउँपालिकाले पहल शुरू गरेको छ  ।   गत अस....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

View all

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थ....

भारतमा तीन नेपालीको निर्मम हत्या

११ कार्तिक, भारतको उत्तराखंड पिथौरागढ़ जिल्ला मडधूरा गाँउ मा तीन जना नेपालीहरुको निर्मम हत्या भएको छ । तिनै जना मृतकहरुको यौनांग काटिदिएको छ । मृतकहरु....

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

हेटौँडा, २८ कात्तिक (रासस) मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

जसपाका १० सहित २१ मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश

भरोसा खबर, ८ असार, काठमाडौं । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।   काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुन....

जसपाको उपेन्द्र–बाबुराम पक्षले सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस् -कानुन व्यवसायी

भरोसा खबर, १ असार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाब....

View all