जसपाको उपेन्द्र–बाबुराम पक्षले सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस् -कानुन व्यवसायी

भरोसा खबर, १ असार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाबी गर्न सुझाव दिएका छन्। मंगलबार भएको छलफलका क्रममा कानुन व्यवसायीहरुले बहुमत पक्षले गरेको कारबाही मान्य नहुने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाँदा पक्रिया लम्बिने बताएका छन्।

निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसहित ठाकुर–महतो पक्षका ११ जना नेतालाई गरिएको कारबाहीले मान्यता नपाउने निर्णय गरेपछि जसपाको उपेन्द्र–बाबुराम पक्षले मंगलबार कानुन व्यवसायीसँग छलफल गरेको हो।

 

निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा जाने तयारीका विषयमा नेताहरुले आफू निकट कानुन व्यवासायीसँग छलफल गरेपनि कानुन व्यवसायीहरुले भने अदालत गए पक्रिया लम्बिने भएकाले सिंगो पार्टीको आधिकारिता दाबी गर्न सुझाव दिएको १ नेताले जानकारी दिएका हुन् ।

‘उहाँहरु(कानुन व्यवसायी)ले आयोगको निर्णयविरुद्ध अदालत जाँदा पक्रिया लामो जान्छ, बरु त्यसको सट्टा राजनीतिक दलसम्बन्धी ऐन २०७३को दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा सिंगो पार्टीको आधिकारिकता दाबी गर्दा छिटो हुन्छ भनेर सुझाव दिनुभयो,’ जसपाको उपेन्द्र–बाबुराम पक्षका एक नेताले भने।

कानुन व्यवसायीको राय सुनेपछि नेताहरुले आपसी छलफल गरेर के गर्ने भन्नेमा छिट्टै टुंगोमा पुग्ने बताएका छन्।  ‘अदालत जाने की पुनः निर्वाचन आयोगमा जाने भन्नेबारे शीर्ष नेतृत्वबीच छलफल गरेर निष्कर्षमा पुग्ने भन्ने भएको छ,’ उपेन्द्र–बाबुराम पक्षका ती नेताले भने।

“कोरोनाको त्रास शहरमा भन्दा गाउँमा बढी, बालबालिकालाई जोखिम” – भरोसा खबर

तनहुँ सम्वाददाता, १८ श्रावण  - पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको दर केही बढदै गइरहेको बेला यसको त्रास गाउँमा बढिरहेको देखिन्छ । गाउँका मानिसहर....

“अजम्बरीको भीषण पहिरो हटाउन पालिकाको पहल, केहि दिनमा सेवा सहज हुने” – भरोसा खबर

तनहुँ सम्वाददाता, ११ श्रावण, ऋषिङ - ऋषिङ गाउँपालिकाको अजम्बरीमा गत असार २४ गते राति गएको भीषण पैरो पन्छाउन ऋषिङ गाउँपालिकाले पहल शुरू गरेको छ  ।   गत अस....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

View all

पहिरोमा बैशाख यता २०६ जनाको मृत्यु : शुक्रबार एकै दिन १७ को मृत्यु , २८ बेपत्ता

श्रावण ३१, काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा पहिरोमा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सि....

विप्लवको चन्दा आतंक

File

१९ भदौ, काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक....

एयर क्यानाडाले महिला तथा सज्जनबृन्द शब्द प्रयोग नगर्ने

कार्तिक ४, काठमाण्डौं । लैंगिक समानताको नितिलाई ब्यवहारिक रुपमा नै पालन गराउने उद्धेश्यले क्यानाडाका प्रमुख एयरलाईनका अनबोर्ड समुहले बिमान सवार अघि....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

जसपाका १० सहित २१ मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश

भरोसा खबर, ८ असार, काठमाडौं । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।   काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुन....

जसपाको उपेन्द्र–बाबुराम पक्षले सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस् -कानुन व्यवसायी

भरोसा खबर, १ असार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाब....

View all