पश्चिम राप्ती, तिनाउ र बबईमा आज उच्च जोखिम

भरोसा खबर, ३ असार, काठमाडौं । आज पनि पानी पर्ने क्रम जारी रहेकाले केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म छ । यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने छ । गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बिहीबार मध्यम जोखिमको सम्भावना छ ।

कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहने अनुमान गरिएको छ ।

“कोरोनाको त्रास शहरमा भन्दा गाउँमा बढी, बालबालिकालाई जोखिम” – भरोसा खबर

तनहुँ सम्वाददाता, १८ श्रावण  - पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको दर केही बढदै गइरहेको बेला यसको त्रास गाउँमा बढिरहेको देखिन्छ । गाउँका मानिसहर....

“अजम्बरीको भीषण पहिरो हटाउन पालिकाको पहल, केहि दिनमा सेवा सहज हुने” – भरोसा खबर

तनहुँ सम्वाददाता, ११ श्रावण, ऋषिङ - ऋषिङ गाउँपालिकाको अजम्बरीमा गत असार २४ गते राति गएको भीषण पैरो पन्छाउन ऋषिङ गाउँपालिकाले पहल शुरू गरेको छ  ।   गत अस....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

View all

भीमफेदी कारागारबाट कैदी फरार

हेटौँडा, १ मङ्सिर (रासस) :मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाम....

राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत,राष्ट्रपति कार्यालय पत्र पुग्यो तर दर्ता भएको छैन

काठमाडौँ,२८ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर दे....

लागुऔषधबाट उम्किनै गाह्रो

पार्वती थापामगर काठमाडौं । उदयपुरका २२ वर्षीय एक युवालाई उनका दाजुले पढाएर राम्रो व्यक्ति बनाउन सानैमा राजधानी ल्याए । उनीहरू गरिब परिवारका थिए । दा....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

जसपाका १० सहित २१ मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश

भरोसा खबर, ८ असार, काठमाडौं । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।   काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुन....

जसपाको उपेन्द्र–बाबुराम पक्षले सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस् -कानुन व्यवसायी

भरोसा खबर, १ असार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाब....

View all