सात वर्ष पछी सरकारमा फोरम नेपालको इन्ट्री

काठमाडौं -संघीय समाजवादी फोरम नेपाल सात वर्षपछि सरकारमा सहभागि भएको छ । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन ।सात वर्षमा सातजना प्रधानमन्त्री परिवर्तन भए तर तीमध्ये कुनै पनि सरकारमा फोरम नेपाल सहभागी भएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक आज संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई उपप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राइनलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।

यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियाक राइनलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।

 

 

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

चिनियाँ व्यापारीको अवैध धन्दाः स्वरुप बिगारेर रुद्राक्ष उत्पादन

काठमाडौं, २८ असोज । कानुन अभावको फाईद उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिल....

मोदीको कारण पार्टी एकतामा ढिलाई : प्रवक्ता भुसाल

नगरकोट, २६ वैशाख | नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्....

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all