यस्ता छन् आइफोन ८ का विशेषता

क्यालिफोर्निया – विश्वकै प्रख्यात ब्रान्ड एप्पलले एक भव्य समारोहको आयोजना गरी आइफोन ८ र ८ प्लस , एप्पल वाच र फोरके एप्पल टिभी सार्वजनिक गरेको छ।

आइफोन सेभेन पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीहरूलाई समेत हटाई आइफोन एट र एट प्लस सार्वजनिक गरिएको दाबी एप्पल कम्पनीको छ। आइफोन एट र एट प्लस आइफोन सेभेन र सेभेन प्लसको अपडेट रूप हुन् ।

अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियम एक भब्य समारोहको आयोजना गरी आइफोन एट र एट प्लस सार्वजनिक गरिएको हो।

आइफोन एटमा होम बटनको ठाँउमा एज टु एज बटन , फेसियल रिकग्राइजेसन ,एलइडी डिस्प्ले,र ताररहित चार्जिङको सुविधा लगायतका विशेषताहरू रहेका छन् ।

यसका दुई क्यामरा १२८ र १२६ इन्टरनल स्टोरेज भेरियन्ट तथा टच आईडी , तथा फेस स्क्यानिङ लगायतको प्रविधि रहेको छ। धुलो तथा धुवाँले असर नगर्ने प्रविधिको समेत यसका प्रयोग गरिएको छ ।

आइफोनमा टच आइडीको विकल्पका रूपमा फेस आइडीको प्रयोग गरिएको हुनाले अध्याँरोमा समेत काम गर्न सकिने प्रविधिको प्रयोग यसमा गरिएको छ ।

ताररहित चार्जिङ सुविधा भएको यस्ता फोनहरूमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने दाबी कम्पनीको रहेको छ । आइफोन ७ मा भन्दा कम्तीमा पनि २ घन्टा बढी यसका चार्ज टिक्ने दाबी समेत कम्पनीको रहेको छ।

आइफोन एट स्पेश ग्रे र सिल्भर ग्रे गरी दुई कलरहरुमा उपलब्ध हुने छ। एप्पल कम्पनीले आइफोन एटको साथसाथै एप्पल घडी पनि बजारमा ल्याएको छ।