जेठ २, भरोसा खबर, चर्चित गायिका दिपा लामाले गाउनुभएको “मायालाई शब्दबाट..” बोलको गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमभावलाई सरल ढंगले रच्नुभएका गीतलाई रचनाकार बिपिन मर्मले लेख्नुभएको उक्त गीतलाई संगीतकार प्रकाश लामाले संगीतबद्ध गर्नुभएको हो भने संगीत संयोजन फनिन्द्र राईले गर्नुभएको हो । प्रेमी प्रति प्रेमिका को माया भाव दर्शाउन खोजिएको उक्त गीतमा सर्वाधिक ब्यस्त र चर्चित नायक पल शाह र नयाँ मोडल मिरु राईले सुन्दर अभिनय गर्नुभएको छ । निर्देशक देव जङ्ग थापाले निर्देशन गर्नुभएको उक्त भिडियोलाई नरेन मोक्तानले छायांकन गर्नुभएको हो, भने सन्तोष राजबाहकद्धारा कोरियोग्राफी र सम्पादन दिन्सन शाहले गर्नुभएको हो । उक्त गीतलाई बायर्न स्टुडियो नेपाल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नको लागि लिंकमा थिच्नुहोस् ।