पोखरा महानगरको प्रशासनिक भवन बन्ने पक्का, कार्यवाहक प्रमुख गुरुङले गरिन सिलन्यास

तनहुँ सम्वाददाता, २८ मंसिर – पोखरा महानगरपालिकाको सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन शिलान्यास गरिएको छ ।
 
पोखरा नयाँबजारस्थित दमकलमार्गमा बन्ने भवनको सोमबार महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गरेकी हुन् । भवन शिलान्यास गर्दै उनले भवन निर्माणपछि महानगरका सबै महाशाखा एउटै भवनमा रहने र सेवाग्राहीलाई प्रभावकारी ढंगमा सेवा प्रदान गरिने बताइन् ।
 
करिव ४ रोपनीको क्षेत्रमा  निर्माण गरिने भवन १९ करोड ५ लाख लागतमा निर्माण गरिने महानगरले जनाएको छ । भवनमा अन्डरग्राउण्ड पार्किङ सुविधा समेत हुने बताइएको छ ।
साविक पोखरा नगपालिका ताकादेखि नै साँघुरो भवनबाट सेवा दिंदै आएको महानगरले यसअघि पटकपटक भवन निर्माणका लागि जमिन खोजी गर्दै आएको थियो । जमिन अभावमा प्रशासनिक भवन निर्माण अघि बढ्न सकेको थिएन ।
 
भवन आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध/ओम बुद्ध जेभी विराटनगरसँग गत असोज १० मा ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इ. पूर्णबहादुर गुरुङले जानकारी दिए ।