कोभिड–१९ का कारण विश्वभर रगतको अभाव छ । रक्त अभावलाई मद्देनजर गर्दै जनवरी महिनामा अमेरिकन रेडक्रसले रोगीको उपचारमा ठुलो जोखिम देखिएको भन्दै “राष्ट्रिय रक्त संकट“ घोषणा गरेको थियो । यसैगरी मार्चमा, गैर–नाफामुलक अमेरिकी संस्था मेमोरियल ब्लड सेन्टर्स (एमबीसी)ले ओ समुहको रगतको अभाव देखिएको भन्दै “आपतकाल“ घोषणा ग¥यो । सो संस्थाले एक व्यक्तिले रक्तदान गर्दा तीन जनासम्मको ज्यान जोगाउन सक्ने भन्दै रक्तदानका अपिल गरेको थियो ।
रेडक्रसका अनुसार दुर्घटनाबाट हुने गम्भीर चोटपटक, शल्यक्रिया, रक्तअल्पता, प्रसव र क्यान्सर लगायतका विभिन्न रोगको उपचारका लागि रगतको आवश्यकता पर्छ । तर रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले रक्तदान एक मात्र उपाय भएको विज्ञहरू बताउँछन्।
दक्षिण कोरियामा अप्रिल १८ देखि मे १ सम्म भएको बृहत् रक्तदान अभियानमा १८ हजार भन्दा बढी सहभागि भएका थिए । यो अभियान देशकै सबैभन्दा ठूलो सामूहिक रक्तदानको रूपमा अभिलिखित गरिएको थियो । रक्तदानमा सहभागि हुनेमा हेभेन्ली कल्चर, वर्ल्ड पिस, रिस्टोरेसन अफ लाइटका स्वयंसेवक र सिन्छंजी चर्च अफ जीससका चर्चका सदस्यहरू थिए ।
कोरियन रेडक्रस रक्त सेवाका प्रमुख नामसुन चोले भने, “दक्षिण कोरियामा ओमिक्रोनको प्रभाव चरम सीमामा पुगेको बेला सिन्छंजी चर्च अफ जीससले शुरु गरेको रक्तदान अभियानले खडेरीमा वर्षा जस्तै भएको थियो । ३ दिनमा दाताको संख्या ६ हजार नाघेको र धेरै मानिसहरु सहभागी भएकोमा हामीहरु आश्चर्यचकित भएका छौं । हामी जीवन बचाउने यस समर्पणको कदर गर्छौं ।”
कोरियन रेडक्रसको रक्त व्यवस्थापन केन्द्रका अनुसार एक दिनको रक्तदानले ३.५ दिनको रक्त आपूर्ति हुन्छ (सामान्यताया १ दिनको रक्त आपूर्ति ५,०२९ रक्तदान बराबर हुन्छ)। स्वैच्छिक रक्तदानका कारण ओमिक्रोन भेरियन्टले गर्दा यो वर्षको सुरुदेखि नै देखिएको रक्तअभाव एकैपटक समाधान भएको छ ।
“उनीहरूले जीवन–साझेदारी संचालनमा साँच्चै ठूलो काम गरे । यो मात्रा एक वर्षको लागि रक्तदान गर्ने सेनाको दल बराबर हो । रक्तदाताको संख्या सामान्य दिनको तुलनामा झण्डै चार गुणा बढी छ, जसले वर्तमान रक्त आपूर्ति संकटलाई पार गर्न ठूलो मद्दत गर्छ, “रक्त सेवाका एक अधिकारीले भने ।
“हामी सन् २०२० मा कोभिड–१९ को उपचारको विकासको लागि राष्ट्रव्यापी प्लाज्मा दानमा भाग लिने सिन्छंजी चर्च अफ जीससका सदस्यहरूको पनि कदर गर्छौं,“उनले थपे । दक्षिण कोरियामा, रक्तदातालाई रक्तदान प्रमाणपत्र जारी गरिन्छ । प्रमाणपत्र रक्तक्षेपणको लागि भुक्तान गर्दा प्रयोग गर्न सकिन्छ जसले बिरामीहरूलाई रक्तक्षेपण शुल्क कटौती गरिन्छ । सिन्छंजी चर्च अफ जीसस र एचडब्ल्यूपीएलका सबै दाताहरूले पनि उपचारका लागि रगत चाहिने बिरामीको आर्थिक भार कम गर्न आफ्नो प्रमाणपत्रहरू समेत दान गरेका थिए।
दक्षिण कोरियाको ख्वाछान्मा मुख्यालय रहेको सिन्छंजी चर्च अफ जीससले कोभिड–१९ महामारीको प्रारम्भिक चरणबाट निकै कष्ट भोगेपनि प्लाज्मा र रक्तदान लगायत स्वयंसेवी गतिविधिहरू मार्फत समुदायहरूलाई योगदान दिइरहेको छ।
दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एचडब्लुपीएल, युएन इकोनोमिक र सामाजिक परिषद् र ग्लोबल कम्युनिकेसन विभाग अन्तर्गतको गैर–सरकारी संस्था हो, जसले शिक्षा, राहत कार्यहरू, र नागरिक समाजसँग ऐक्यबद्धतामा आधारित युवा सशक्तिकरण मार्फत दीर्घकालीन शान्ति परियोजनाहरू सञ्चालन गर्दछ । यसका १९३ देशहरूमा अन्तर्राष्ट्रिय संगठनहरू छन्।